काठमाडौंको बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर, बैंकिङ कारोबारमा सहज

Machchapuchchre

काठमाडौं । काठमाडौं बाँसबारी हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो ।

उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कर्मचारीहरुको उपस्थिति थियो ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्