ग्लोबल आइएमई बैंकले ७ अर्ब बढी नाफा कमायो

Machchapuchchre

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंकले ७ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ४६।२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा पनि उल्लेख्य मात्रमा वृद्धि भएको छ, जसले खुद नाफा बढ्न टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशतको सुधार आई यस्तो आम्दानी १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल आम्दानी १९ अर्ब ८८ करोड २८ लाख ९३ हजार रुपैयाँ र संचालन नाफा १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आवको तुलनामा बैंकको कुल आम्दानी र संचालन नाफा क्रमशस् ५२.४९ प्रतिशत र ४४.२६ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ८.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ । सोही आधारमा बैंकको सो बराबरको लाभांश दिन सक्ने भएको हो ।बैंककले आफ्नो जगेडा तथा कोषमा भने २२ अर्ब ९१ करोड १६ लाख ९७ हजार रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप संकलन ५३.९३ प्रतिशतले वृद्धि भई ४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यता, कर्जा लगानी पनि ३८.०९ प्रतिशतले बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.२८ प्रतिशतबाट वृद्धि भई ३.०८ प्रतिशत पुगेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्