ऋणीको जग्गा हडपेर भवन बनाउँदै एनआईसी एसिया बैंक

Machchapuchchre

अर्थ राजनीति  ~   ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिको विवादित जग्गामा एनआईसी एसिया बैंकले नयाँ भवन बनाउन लागेको छ । टोखा नगरपालिका ४ मा रहेको २४ रोपनी ९ अना जग्गामा एनआईसी बैंकले नयाँ भवन बनाउन लागेको हो । वि. सं. २०६६ साल जेष्ठ २ गते टोखा नगरपालिका स्थित धापासीको दुई स्थानमा गरि (५१ कित्ता) २६ रोपनी भन्दा बढी जग्गा ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिले एनआइसी एसीया बैंकबाट २० करोड कर्जा ऋण लिएको थियो । ओरेन्टल सहकारीले उक्त जग्गामा करिब ३० करोडभन्दा बढी लगानी गरेर भवन निर्माण कार्य अघि बढाइरहेको थियो । २०६८ पौष १२ गतेसम्ममा साँवा र ब्याज तिरिसकेपछि पनि करिब १९ कारोड ९९ लाख ९८ हजार रुपैयाँ तिर्ने बाँकी थियो । नियमित रूपमा कर्जा बुझाउँदै आएपनि सुधीर बस्नेत हिरासतमा रहेको बेला बैंकले तारान्तर सार्वजनिक सूचना जारी गरेर जग्गा लिलाम गर्न खोजेको उनको आरोप छ । यससम्बन्धीको मुद्दा विगत १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।  बैंकले न्यायालयलाई नै प्रभावित पारेर मुद्दा छिनोफानो गर्न ढिला गरिएको उनीहरुको आरोप छ । उक्त जग्गाबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला एकलौटि रुपमा बैंकले भवन बनाउन लागेको ओरेन्टल विल्डर्सले जनाएको छ । बस्नेत जेलबाट बाहिर निस्केपछि तिर्न बाँकी पैसा तिर्छु मेरो जग्गा फिर्ता चाहियो भनेर अदालतमा मुद्दा दायर गर्दा समेत त्यसबारेको मुद्दा अहिलेसम्म सल्टेको छैन । बैंकले नै १७ पटकसम्म पेशी सार्दै उक्त जग्गामा आफ्नो हक जमाइरहेको छ । पेशी सार्न र मुद्दालाई ओझेलमा पार्नकै लागि एनआईसी बैंकले करिब तीन दर्जन वकिल राखेको छ ।

ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले जग्गा धितो राखेर १४ करोड लिएकामा १० बर्षदेखि उक्त जग्गा एनआईसी बैंकले २ अर्ब ५० लाख बराबरको जग्गा नै सकारेर आफ्नै कार्यालय सञ्चालन गर्दै आएको छ । यो बैंक तथा वित्तीय संस्थाले ऋणीको सम्पत्ति हड्प्न पाउने व्यवस्था नै छैन । उक्त जग्गा लिलाम गरेर आफूले लगानी गरेको रकम मात्र उठाउन पाउने कानुनी व्यवस्था रहेको छ । राष्ट्र बैंकको निर्देशन हेर्ने हो भने कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले गैरबैंकिङ सम्पत्तिको रुपमा सकारेको (एनबीए) गरेको अचल सम्पत्ति बिक्री गरेर त्यसलाई नगदमा रुपान्तरण गर्नुपर्छ । यदि त्यो जमिन आफ्नै बैंकको भवन बनाउन अन्य प्रयोजनको लागि हो भने मात्र राख्न पाइन्छ । बैंकले नन बैंकिङ एसेस्ट(एनबीए) गरेको जमिन, कसैलाई भाडा वा लिजमा दिन समेत मिल्दैन । यस अर्थमा बैंकले एनबीए गरेको जग्गा स्वप्रयोजनको लागि बाहेकको अवस्था बिक्री गर्नुपर्छ । बिक्री गर्दा उक्त जग्गा जसको हो त्यसलाई नै प्राथमिकता दिनुपर्छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्