सुन तोलाको एक लाख ११ हजार ६ सय पुग्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्