काठमाडौं-तराई मधेश द्रुतमार्गको अनुगमन

Machchapuchchre

अर्थ राजनीति  ~  निर्माणाधीन काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउने भएका छन्। प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्