गृहमन्त्री श्रेष्ठविरुद्ध प्रदर्शन : राजीनामा माग

Machchapuchchre

अर्थ राजनीति  ~  गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजीपीडितले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ । मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले शान्तिपूर्ण आन्दोलनमा रहेकालाई सरकारले दमन गरेको भन्दै आपत्ति जनाए । उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । मिटरब्याजीपीडितको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडितले गुनासो गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्