” विदेशमा भएका युवालाई स्वदेशमा फर्काउनु पर्छ ” : अध्यक्ष केपी शर्मा ओली

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले बिभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किएपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् । स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदूपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सवै ठाउँमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्