राष्ट्रपति पौडेल गोरखामा

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जानु भएको हो । राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गर्नुभएको छ भने उहाँले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा समेत गर्नुभएको छ । पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गर्नुभएको छ । उहाँसँगै गोरखा क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा जानु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्