देउवालाई पौडेलको प्रश्न : बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्छ ?

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महाराजगञ्जमा पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए ।

‘पार्टीलाई संकटमा पार्ने निर्णय भएको छ,’पौडेलले भने,‘देशमा आम चुनाव हुँदा पनि विपक्षी दललाई पनि सहभागी गराएर आम सहमति मा चुनाको तिथि तोकिन्छ । आफ्नै पार्टीमा पनि केही मान्छे मात्रै बसेर निर्णय गरियो ।’

डेढ वर्ष अघिदेखि आफूहरुले अब पार्टीको चार वर्षको कार्यकाल सकिँदैछ । लामो प्रकृया छ तालिका बनाएर जाउँ । समयबद्ध काम गरेर जाउँ भन्दै आएको बताउँदै वरिष्ठ नेता पौडेलले भने,‘पार्टीले गरेको निर्णय सम्झाउन चाह्यौं । भ्रातृ संस्थाहरुको विधान अनुसार अधिवेशन नगराएर नेतृत्वको कै हेलचक्रयाइका कारण भातृ संसथाहरुको अधिवेशन रोकिएको थियो । नेविसंघको महाधिवेशनलाई बारम्बार धकेलेर ल्याइयो यस्तो अवस्थामा एउटा सिस्टममा आउँ भन्ने हाम्रो माग थियो ।’

असन्तुष्टिका बारेमा संस्थापन पक्षसँग ९ बुँदे एजेन्डा राखेर छलफल भइरहेको बेलामा एकाएक मिति घोषणा गरियो त्यसले पार्टी वैधानिक अवस्था के हो ? भन्ने अवस्था बनेको नेता पौडेलको भनाइ थियो । ‘यही ७६ सालको फागुनमा पार्टीको कार्यकाल सकिने अवस्थालाई पनि उता लगेर ७७ सालको पल्लो छेउमा लगियो,’नेता पौडेलले भने,‘बाँकी रहेको १ वर्ष असाधारण परिस्थितिमा अधिकतम थप गर्न मिल्ने भनिएको छ, त्यसलाई पनि सकेर पल्लो छेउमा लगेर मिति घोषणा गरियो ।त्यसले गर्दा त्यो अवस्थामा पनि भएन भने पार्टीको वैधानिक अवस्था केहो भन्ने परिस्थिति बन्न जान्छ ।’

विधानमा नभएको ४७ वटा विभाग घोषणा गर्ने निर्णय आएको र यो महासमितिका १२ सय प्रतिनिधिले गरेको निर्णयलाई शुक्रवारको निर्णयले उल्ट्याएको पौडेलको आरोप छ । नेता पौडेलले धेरै मत ल्याएको कारण कम्युनिस्टहरुले मनपरि सत्ता चलाए भनेर विरोध गरिरहँदा सभापति देउवाले पनि त्यस्तै हर्कत गरेको आरोप लगाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्