गोकर्णको लिज अवधि बढाउने निर्णयको प्रधानमन्त्रीले गरे बचाऊ

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत सरकारमाथि हमला गर्न खोजेको भन्दै उनले भने, ‘नभएका कुरा उचाल्छन् र भ्रम फिजाउँछन् । हामी सजग हुन जरुरी छ ।’ गोकर्ण रिसार्टको लिज अवधि थपलाई लिएर उठाइएको प्रश्न पनि यस्तै भएको उनले बताए ।

प्रधाननमन्त्रीले के – ‘केही दिन अगाडी गोकर्ण रिसोर्टको लिज अवधि थपियो । यसरी थपियो, जसरी पहिले कहिल्यै थपिएको थिएन । पहिले हचुवाको भरमा मुल्य राख्ने, हचुवाका भरमा, अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदोरहेछ लिज भनियो ।

अर्को अवधि बाँकी रहँदै किन दिइयो भन्ने छ । अवधि बाँकी रहँदै कि त्यसलाई नचलाउने भन्नुर्‍यो सरकारले, कि अरु केही गर्नुपर्‍यो । जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, कम्पिटिसनमा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन । पहिले भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट लोन लिनपुर्‍यो, निर्माण गर्नुपर्‍यो र सञ्चालन गर्नुपर्‍यो । २० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’

गोकर्णको यति समूहलाई दिने पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्