पत्रकार सम्मेलनमै ओलीले भीम रावललाई यस्तो अनौठो व्यङ्ग्य

Machchapuchchre

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा ‘नयाँ नयाँ कविजी’ जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन् । पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडिआएर विरोधमा मात्रै बोलेको आरोप लगाए ।

‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, पार्टीको नेतृत्वमा रहेको सरकारका सफलतामा बोल्न नकस्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्ँदैन,’ ओलीले भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’

प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकमा नेता भीम रावलले वाचन गरेको कविताको पनि जवाफ दिएका थिए।रावललेकेही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठबन्धन गर्नेबारे आक्रोश व्यक्त गरेका थिए। रावलले व्यङ्य मिश्रित कविता ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा वाचन गरेका थिए। बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिएका हुन्।

‘विरोधीका विरोध गर्ने सटर सरकारका कामले बन्द भएका छन्। तर हाम्रै साथीहरू विरोधमा उत्रिएका छन्। प्रदेश २ बाट नेकपाको राष्ट्रियसभामा प्रतिनिधित्व थिएन। राजपासँग सहकार्य गरेर हामीले २ सिट जोगाएका छौँ र २ उनिहरूलाई दिएका छौँ’, ओलीले भने, ‘यसमा पनि ‘बालुवाटारमा धुँवाको मुस्लो आयो’ भनेर विरोध भइरहेको छ। नयाँ नयाँ कविजीहरू आइरहेका छन्।’ओलीलेत्यो विरोध तथ्य र तथ्यांकका आधारमा नभएको पनि आरोप लगाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्