नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा २ करोडभन्दा बढीले मोबाइल बैंकिङ प्रयोग गर्ने गरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ५३ हजार ४२० देखिएको हो। उक्त प्रयोगकर्ताले पुसमा १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन्। मंसिरमा १ करोड ९७ लाख ६६ हजार ४१५ मोबाइल बैंकिङ प्रयोगकर्ताले १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ। मंसिरको तुलनामा पुसमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ लाख १७ हजार ५ जनाले बढेका छन्। भने कारोबार रकम ७ अर्ब ७७ करोड १० लाख रुपैयाँले बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्