चार वाणिज्य बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई जरिवाना तिराएको हो । यी चार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले जरिवाना तिराइएको विभागले जनाएको छ । जसमा प्रभु बैंकलाई ५० लाख, कुमारी बैंकलाई ५० लाख, बैंक अफ काठमाण्डूलाई ५० लाख र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँ जरिवाना तिराइएको हो । त्यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पुँजी कोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेकोले सचेत गराइएको छ । सानिमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि, तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे बैंक, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ । यी बैंकहरुले एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था अनुपालन गरेको राष्ट्र बैंकले जनाएको छ । नबिल बैंक लिमिटेडलाई पनि ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकोले राष्ट्र बैंकले सचेत गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्