“कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यो ” : डा. कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनु भएको छ ।संस्थापनइतर पक्षका नेताहरूसँगको बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताउनु भएको हो । पार्टीको बहुमतले निर्णय गरेपछि आफूहरु अप्ठेरोमा परेको भन्दै कोइरालाले विश्वासको मत दिने निर्णय गलत भएको बताउनुभयो । यस्तै, भेलामा कांग्रेस संसदीय दलको नेताको चुनावमा समूहबाट सबै भोट नआएको विषयमा पनि छलफल भएको बुझिएको छ ।निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म विपक्षमा पुगेको, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको लगायतका विषयमा कोइराला समूह संस्थापनसँग असन्तुष्ट छ । भ्रातृ संगठनहरुले पूर्णता नपाएको विषयमा पनि छलफल भएको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्