“बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्छ “: प्रधानमन्त्री दाहाल

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने बताएका छन् । आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताए । उनले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् । यसका लागि गभर्नर र अर्थमन्त्रीसँग दैनिक छलफल गर्दै आएको उनले बताए ।

यसै क्रममा , नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए । यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए । बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्