सुनको भाउ प्रतितोला १ लाख ३१ सय रुपैयाँ पुग्यो

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ। सुनको मूल्य हाल यस वर्षकै उच्च बिन्दुमा पुगेको छ। बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्