प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार थप सचिवहरू तथा विभागीय प्रमुखहरूका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्नु हुने भएको हो ।प्रधानमन्त्री प्रचण्डको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रीत हुने बुझिएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले सुशासन र नागरिकलाई सरल रुपमा सेवा प्रदान गर्ने काममा केन्द्रीत हुने बताउँदै आउनु भएको छ । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र वितरण लगायतका कामका लागि नागरिकले भोग्नुपरेको सास्तीलाई तत्काल सम्बोधन गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो बैठकबाट गरिएको थियो । सोमबार भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्