सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

Machchapuchchre

अर्थ राजनीति ~  साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ थियो। चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी १० रुपैयाँले घट्दै तोलाको १३ सय ७० रुपैयाँ कारोबार भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्