अर्थ राजनीति ~ बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते मर्जर र लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्ने भएका छन् । दुबै बैंकले एकै दिन वार्षिक साधारण सभा आव्हान गरेका हुन् । बैंक अफ काठमाण्डूले २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्रस्तावित ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांशलाई समेत पारित गर्नेछ । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष ०७८/७९ का लागि हाल कायम चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैरिधारा, काठमाडौंमा १६ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । सभाले बैंक अफ काठमाण्डूसँगको मर्जर प्रस्तावसँगै प्रस्तावित ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । यस वर्ष ग्लोबल आइएमई बैंकले हाल कायम चुक्तापूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सोमवारमात्रै यी बैंकबीच मर्जर मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गत असार २ गते भएको थियो । प्रारम्भिक सम्झौता भएसँगै दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति