आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब पनि पुगेन कारोबार रकम

Machchapuchchre

अर्थ राजनीति  ~  आइतबार शेयर बजार परिसूचक नेप्से १० दशमलव ५४ अङ्कले ओरालो लागेको छ । आज १८८३.१६ अंकमा पुगेर बजार बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८३ अङ्कले ओरालो लागेर ३७०.५३ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा अन्य १२ उपसमूहको सूचक घटेको छ । आज कुल २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार ७०६ मूल्यमा खरिद बिक्री भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८ अर्ब ७० करोड १२ लाख ८२ हजार ४३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त २ करोड ४० लाख ५२ हजार ३३९, नबिल बैंक २ करोड ३८ लाख २५ हजार ९५०, हिमालयन पावर पाटनर २ करोड २६ लाख ४६ हजार २३७ र नेपाल पुर्नबीमा कम्पनी २ करोड १६ लाख ३९ हजार ६०७ को कारोबार भयो । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड ७.९०, लक्ष्मी उन्नति कोष ३.७७, मन्दाकिनी हाइड्रोपावर ३.७४, सिँगटी हाइड्रोपावर ३.३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.१४ प्रतिशतले कमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्