“नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन ” :विमलेन्द्र निधि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउने भएको बताएका छन्। उनले नागरिकता सम्बन्धी विधेयक संसदबाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागु गरिने पनि बताएका छन्। अहिलेको सरकारले नागरिकता सम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन। निधिले सप्तरीमा आज आयोजित कार्यक्रममा बोल्दै मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु रहेको बताए। उनले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरेका थिए।‘एमालेको अवरोधका कारण नागरिकता सम्बन्धी कानुन बनाउन सकिएन। अब बन्ने नयाँ सरकारले नागरिकता सम्बन्धी कानुन बनाउँछ,’ निधिले भने, ‘नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता पाएका छैनन्। उनीहरू समस्यामा छन्।’अब नयाँ सरकार र नयाँ राष्ट्रपति बन्ने पनि निधिले बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्