शुक्रवार सुन तोलामा १३ सय रुपैयाँ बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~   यो साता सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको छ। साताको अन्तिम दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य बलियो भएसँगै अघिल्लो दिन बिहीबारका तुलनामा सुन तोलामा १३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन गत आइतबार प्रतितोला ९४ हजार ५ सय थियो। चाँदीको मूल्य १० रुपैयाँ बढ्दा शुक्रबार प्रतितोला कारोबार मूल्य १२ सय ९५ रुपैयाँ भएको छ। बिहीबार १० रुपैयाँ घट्दा १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढ्न थालेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्