“गठबन्धन विचारहीन र दिशाहीन छ ” : केपी ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । सोमबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन, विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने– ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’ गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने– ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियौं तर  गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’ आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्