“गठबन्धनको दुई तिहाइ बहुमत आउँछ” : प्रधानमन्त्री देउवा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । गृहजिल्ला डडेल्धुराको चुनावी अभियानका क्रममा पत्रकारसंग  विशेष कुराकानी गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले दुई तिहाइ ल्याउनेमा द्विविधा नभएको बताए ।

” नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन भएको छ । अर्कोतिर केपी ओलीजीले पनि गठबन्धन गर्नु भएको छ । त्यसैले मैले भन्दै आएको छु–मंसिर ४ को चुनाव संविधान च्यात्ने शक्तिका विरुद्धकोे लडाइँ हो ।प्रधानमन्त्रीको लहडको भरमा संसद भङ्ग गर्न मिल्दैन । पार्टी मिलाउन नसकेर संसद भङ्ग गर्न पाइँदैन । केपी ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गराउनु भयो । केपी ओलीलाई प्रधामन्त्रीबाट हटाएर भए पनि संसदको पाँच वर्ष कार्यकाल कायम भएको छ । ओलीजीले बसाल्न खोज्नु भएको संसद भङ्गको परम्परालाई सत्ता गठबन्धनले हटाएको छ । संसद भङ्ग गर्ने अधिकार कोही कसैलाई छैन । हाम्रो गठबन्धनको ‘टू थर्ड मेजुरिटी’ (दुई तिहाइ बहुमत) आउँछ । जनताले सत्ता गठबन्धनका दलहरूलाई अत्यधिक  मतले जिताउने विश्वास लिएको छु । यससँगै पाँच वर्षमा देशमा धेरै ठूलो प्रगति गर्छौं । विकासमा फड्को मार्छ देशले । देशलाई समावेशी लोकतन्त्रको जग बसाल्ने र स्थायित्वमार्फत समृद्धि,  समुन्नतिको बाटोमा अघि बढाउने छौँ । ” वहाले प्रस्ट पार्नु भयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्