अर्थ राजनीति ~ राष्ट्रियसभाले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रस्ताव पेस गरेका हुन् ।
राष्ट्रपतिले संसदमा पुर्नविचारका लागि फिर्ता गरेको विधेयकलाई प्रतिनिधिसभाले पुनः स्वीकृत गरी सन्देशसहित राष्ट्रियसभामा पठाएको छ ।