अर्थ राजनीति ~ निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमालेको पोलिटब्युरोको बैठक बिहीबार बस्दैछ ।
मङ्सिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक बसेको छ ।
एमालेले यही साता स्थायी, पोलिटब्युरो, केन्द्रीय समिति र केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलगायत निर्वाचन केन्द्रित बैठकहरू गर्दै आएको छ ।
पार्टीले यसअघि नै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बोलाएको थियो ।
एमाले नेता विष्णु रिजालका अनुसार पोलिटब्युरोको बैठक भदौ २५ गते र केन्द्रीय कमिटीको बैठक भदौ २६ र २७ गते बस्नेछ ।
केन्द्रीय निर्वाचन परिचालन आयोगको बैठक भदौ २८ गते बस्ने पनि रिजालले बताए ।
एमालेले पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।