महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा दृष्टिबिहीनलाई सय थान सेतो छडी हस्तान्तरण

Machchapuchchre

काठमाडौं । महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो ।

बैंकले दृष्टिबिहीन बालबालिका तथा युवाहरुलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरी कार्यक्रम सम्पन्न गरेको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्