नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Machchapuchchre

अर्थ राजनीति  ~   नेप्सेमा ३ करोड कित्ता सेयर सूचीकृत भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर धितोपत्र बजारमा मंगलबार सूचीकृत भएको हो। सूचीकृत भएको सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। एनटिसीले आर्थिक वर्षको  २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको ४० प्रतिशत लाभांश आफना सेयर धनिहरुलाई  वितरण गरेको थियो। जसमध्ये २० प्रतिशत कम्पनीले बोनस सेयर दिएको हो। बाँकी नगद थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पुँजी १५ अर्ब रुपैयाँमा  २० प्रतिशत बोनस प्रस्ताव गरेको थियो। जसअनुसार १५ अर्ब रुपैयाँको २० प्रतिशत हुने ३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण भएको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ। वितरित बोनस सेयरसहित धितोपत्र बजारमा कम्पनीको सूचीकृत सेयर कुल १८ करोड कित्ता भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्