” लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेका छन् ” : गृहमन्त्री खाँण

Machchapuchchre

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज (आइतबार) गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो । उहाँले लागू पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनुभयो । मन्त्री खाँणले लागू औषधको गम्भीर असर सबै भन्दा बढी युवा पुस्तामा परिरहेको बताउनुभयो । उहाँले युवा पुस्तालाई दुव्र्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताउनुभयो । गृहमन्त्री खाँणले लागू औषध दुव्र्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो । गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागू पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागूपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्