मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीमाथि एकीकृत समाजवादीका मन्त्रीको दबाब

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दबाब बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका हुन् । एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ कार्यन्वयन गरेर जाने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीले प्रधानमन्त्रीसँग गुहार मागेका हुन् । शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘हामी मन्त्री भएको जम्मा ६ महिना भयो । हामीलाई पार्टीले हटाउने निर्णय गरी सक्यो । तपाई (प्रधानमन्त्री) ज्युले भूमिका खेलिदिनुपर्याे ’ नेताले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुको मागका विषयमा परिस्थिति हेरेर निर्णय लिने बताउनुभएछ । पार्टीको निर्णय मन्त्रीले नमान्नु सारै लज्जाको विषय भयो ।’प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यन्वयन गर्न ढिला गरेपनि मन्त्रीहरुले तत्काल कार्यन्वयन गर्न नसक्नु दुःखद भएको ती नेताले बताए । पार्टीको निर्णय कार्यन्वयन गरेर जानेभन्दा पनि एकीकृत समाजवादीका मन्त्रीहरुले पद थमौती गर्न प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गुहार मागेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्