दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामै सवा अर्बको कारोबार

Machchapuchchre

अर्थ राजनीति  ~  शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो । १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्