आज सुनको मूल्य १,८०० रुपैयाँले घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्