प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढ्यो, १३ कम्पनी आए कारोबारमा

Machchapuchchre

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से बढेको छ। साढे १० बाट पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा नेप्से ४.९५ अंकले बढेर २०६७.७६ बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ पनि १.८५ अंकले बढेको छ। यस अवधिमा कारोबारमा आएका १३ कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको छ। नबिल इनभेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ। यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार प्रि-ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्