तीन दिनदेखि स्थिर रहेको सुनको भाउ प्रतितोला २०० ले बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा कारोबार भइरहेको थियो । साताको पहिलो कारोबार दिन आइतबारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । जुन, आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्