काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मत सहित अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत सहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार २८४ मतका साथ तेस्रो स्थानमा छन् । यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याएका छन् । यस्तै उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्