“गठबन्धनलाई चुनाव जित्न समस्या छैन ” : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई चुनाव जित्न समस्या नभएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे । उनले भने, ‘भरतपुर लगायतका स्थानहरुमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरु छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन। ’बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् । भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि भरतपुर आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्