सुन तोलामा ८ सय घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबारका तुलनामा सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ९९ हजार रुपैयाँ थियो। वैशाख लागेयता गत बिहीबार कायम प्रतितोला ९८ हजार रुपैयाँ सबैभन्दा कम मूल्य थियो। त्यसयता पुनः उक्लिएको मूल्य सोमबार केही घटेको हो। वैशाख १ गते प्रतितोला १ लाख १ हजार ५ सय रहेको सुन १८ दिनमा ३ हजार ३ सय रुपैयाँ घटिसकेको छ। चाँदीको मूल्यमा पनि गिरावट छ। सोमबार १० रुपैयाँ घटेर चाँदी प्रतितोला १२ सय ९० रुपैयाँ भएको छ। आइतबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य अस्थिर देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्