सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल हस्पिटलबीच सम्झौता

Machchapuchchre

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल हस्पिटलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्