सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य, सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्य !

Machchapuchchre

काठमाडौं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो ।

यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना एटीएम र पोइन्ट अफ सेल(पीओएस) मार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ ।

नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरु नेपालमा न्यून रहेका छन् । सनराइज बैंकको यस सेवाले पर्यटकहरुलाई एटीएम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ ।

अत्याधुनिक पेमेन्ट सिस्टमसहित नविनतम् सेवादिने उद्देश्यका साथबैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथापोइन्ट अफ सेल(पीओएस)मार्फत समेत मास्टर कार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ ।

हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालनगर्ने योजना रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्