महाअभियोग चुनाव भाँड्ने र सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग चुनाव भाँड्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउने षड्यन्त्र रहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन हुँडल्ने र रोक्ने षड्यन्त्र रहेको आशंका समेत गरेका छन् । सत्तापक्ष र प्रतिपक्षकाबीचको सम्बन्धको तनाव शीथिल हुँदै गरेका बेला फेरि तनावग्रस्त बनाउने र वातावरण विथोल्ने षड्यन्त्रबाट यो महाअभियोग ल्याइएको बताए । उनका अनुसार यो लोकतन्त्रविरुद्धको धरै गम्भीर कदम हो । गम्भीर षडयन्त्रको प्रकटीकरण हो । सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको आरोप लगाए । परमादेश जारी गरेर असंवैधानिकरूपमा एमालेलाई सत्ताबाहिर पुर्‍याउँदा पनि अदालतप्रति यिनीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्