प्रधानन्यायाधीश विरुद्ध महाभियोगमा एमालेले पनि सहयोग गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उनको भनाइ छ । ‘न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्नका लागि हामीले उहाँलाई (प्रधानन्यायधीशलाई) अग्रता गरेका थियौँ । तर वहाँले म जुन बाटो आएको थिएँ, त्यही बाटो जान्छु भन्नुभयो । त्यही भएर हामीले संवैधानिक बाटो रोज्यौँ,’ बडु भने । उनले महाभियोग प्रक्रियामा अघि बढेको बताउँदै यो बिस्तारै पास हुने पनि बताए । यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे । ‘यो काँग्रेस, एमाले वा माओवादीको विषय होइन । यो न्यायालयलाई गति दिने कुरा हो । यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्