सकियो नेकपाको स्थायी कमिटी बैठक, एमसीसीबारे सचिवालयले निर्णय गर्ने

Machchapuchchre Bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ। साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ।

नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ। केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्