“मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छ “: महामन्त्री शर्मा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका छन् । महामन्त्री शर्माले मन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिको उपचारको तीनवटा विकल्प रहेको बताउँदै मन्त्री यादवले भूल स्वीकार गर्दै क्षमायाचना गर्नुपर्ने वा सम्बन्धित दलले पहलकदमी लिँदै राजीनामा गर्न लगाउने वा प्रधानमन्त्रीले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्नुपर्ने बताएका हुन् । मन्त्री यादवले फोरमको नेतृत्वमा गौर हत्याकाण्ड भएको स्वीकार गर्दै राउतलाई पनि सोही शैलीमा हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् । मन्त्री यादवले रौतहटमा बुधबार आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्