सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय !

Machchapuchchre

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको २३८औँ बैठकले गत वर्षको नाफाबाट करसहित ८ दशमलव ९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र यो कार्यान्वयन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्