राष्ट्रपतिद्वारा मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन आह्वान

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न आह्वान गरेकी छन । आजबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाइहरू अन्तराष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरेकी हुन । राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताउनुभयो । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गरीन् । राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समुदायले दिएको बलियो साथको पटक–पटक स्मरण गर्दै धन्यवाद समेत दिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्