सर्वोच्च अदालत परिसरमा आज पनि बारको विरोध प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए । चोलेन्द्रशमशेर जबराको विचौलिया पनलाई रोक्नका लागि विचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन् । तर उनी विचौलिया रोक्नका लागि तयार छैनन् । भ्रष्टाचार रोक्नका लागि तयार छैनन् । विसंगति रोक्नका लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानून र नैतिकताको आधारमा उनलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेका छौँ । हामीले जसलाई भेट्यौँ उहाँहरुले चोलेन्द्रशमशेरलाई निकाल्नुपर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए । उनले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्