प्रकाशमान सिंह : ” भ्रम फैलाउने प्रतियोगिता हुन्थ्यो भने ओलीले ओलम्पिक जित्थे “

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहल कम्युनिष्टहरूले जनतामा भ्रम फैलाउन मात्रै जानेको बताएका छन् । शुक्रबार बिहान काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सि‌ंहले कम्युनिष्टहरूले जनतामा भ्रम फैलाएर भोट मात्रै माग्ने र जितिसकेपछि काम भने नगर्ने बताएका हुन् ।  ‘भ्रम फैलाएर जनतासँग भोट माग्छन् । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरूले मात्रै सक्छन्,’ उनले भने, ‘यदि भ्रम फैलाउने प्रतियोगिता हुन्थ्यो भने ओलीले ओलम्पिक नै जित्थे ।’ उनले देश विकासका लागि कांग्रेसको विकल्प नरहेको बताए । नेपालका कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए । ‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे । नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्