अमेरिकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् । नेपाली समयअनुसार बिहीबार राति ८ बजेर ३१ मा उनले शुभकामना सन्देश लेख्दै भनेका छन्,’दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्