वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । ‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव गरिएको थियो । सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? भनेर कोइरालाले प्रश्न गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्