“माधवजी / झलनाथजीको पार्टी बनाउन कम मेहनत परेको छैन ” : प्रचण्ड

Machchapuchchre

अर्थ रानीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए । ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ….ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला । प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गरे ।‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने । प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे । ‘किरणजी ,विप्लवजी, मोहनबिक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तर्क्रिया बढाएर लैजानुहोला । हामीले केन्द्रमा बढाइरहेका छौं’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्